मधेशमा रकमान्तर विवादमा संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन

0Shares

मधेशमा रकमान्तर विवादमा संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन

थाङमिचागु डटकम संवाददाता

मधेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको रकमान्तरको विषयमा छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

लोसपाका दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानबिन समितिले सभामुख रामचन्द्र मण्डललाई आइतबार प्रतिवेदन बुझाएको हो ।

सरोजकुमार यादव नेतृत्वको मधेश सरकारको अर्थमन्त्रालयमा ठूलो मात्रामा भएको अनियमित रकमान्तर विषयमा एमालेको माग अनुसार २६ असार २०८० मा प्रदेशसभाले समिति गठन गरेको थियो ।

उक्त समितिमा मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटा दलका एक–एक जना सांसद छन् । समितिलाई दुई महिनाभित्र छानबिन गरी प्रतिवेदन बुझाउने समयावधि दिएको थियो ।

मधेश रकमान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *