नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
धेरै पछि क्रिकेट खेल्दा डेब्यू गरेजस्तो भयो : सन्दीप लामिछाने
धेरै पछि क्रिकेट खेल्दा डेब्यू गरेजस्तो भयो : सन्दीप लामिछाने
थाङमिचागु डटकम संवाददाता

८ असार, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले धेरै पछि क्रिकेट खेल्न पाउँदा आफूलाई डेब्यू गरेजस्तो लागेको बताएका छन् ।
वेष्ट इण्डिजमा टी–२० विश्वकप खेलेर शनिबार नेपाल फर्र्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले धेरै उतारचढावका बीच क्रिकेट खेल्न पाएको बताए ।
‘धेरै लामो समयदेखि क्रिक्रेट फिल्डमा पाइला राख्दा डेब्यू गरेजस्तो लागेको थियो’, उनले भने, ‘यहाँदेखि त्यहाँसम्म जाँदा धेरै अप्स एण्ड डाउन्सहरु भए, धेरै प्रेसर भयो ।’
आफूलाई विश्वकप क्रिकेट खेल्ने वातावरण बनाउन नेपाल क्रिकेट संघले मिहिनेत गरेको भन्दै उनले धन्यवाद दिए । ‘उहाँहरुले तिमी जसरी भए पनि विश्वकप खेल्छौं भन्नुभएको थियो’, सन्दीपले भने ।
टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले पराजित हुनु धेरै दुःखको कुरा भएको सन्दीपले बताए । सो खेलमा सबै खेलाडीले आआफ्नो भूमिका राम्रोसँग निर्वाह गरेको र केही अनुभवको कमी भएको उनको भनाइ छ ।





