नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
दोलखाको तामाकोशी नदीमा मृत फेला

दोलखा । दोलखाको तामाकोशी नदीमा मृत फेला परेका पुरुष सिन्धुलीको भएको पुष्टि भएको छ ।
तामाकोशी नदीमा मृत फेला परेका सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ७ का ५४ वर्षिय ओम कुमार मोक्तानको भएको पुष्टि भएको हो । मोक्तान जेठ १३ गतेदेखि बेपत्ता भएका थिए । बेपत्ता मोक्तानको शव हिजो साँझ तामाकोशी गाउँपालिका वडा नम्बर ५ किर्नेटार स्थित तामाकोशी नदी किनारमा वेवारिसे फेला परेको थियो । बेपत्ता उनको खोजी कार्य जारी राखेका आफन्तजनले आज उनको शव पहिचान गरेका हुन् । हाल मोक्तानको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुशिल केसीले जानकारी दिनुभयो ।





