नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
धनुषाको सतलोक आश्रममा २१ जोडीको दाइजोमुक्त सामूहिक विवाह
धनुषाको सतलोक आश्रममा २१ जोडीको दाइजोमुक्त सामूहिक विवाह
थाङमिचागु डटकम संवाददाता

८ असार, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा २१ जोडीको दाइजोमुक्त एवम् अन्तरजातीय सामूहिक विवाह सम्पन्न भएको छ ।
धनुषाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित शन्त रामपालको सतलोक आश्रममा ६२७औं प्रकट दिवसको अवसरमा शुक्रबार २१ जोडीको सामूहिक विवाह भएको हो ।
गुरुवाणीद्वारा तेत्तिस करोड देवीदेवताहरुको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमै उनीहरुको विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिए ।
विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।
यस वर्ष पनि कवीर साहेबको सशरीर प्राकट दिवस तीन दिवसीय रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
गत बिहीबारदेखि चलिरहेको कार्यक्रममा चलिरहेको प्रकट दिवसमा मधेशकम मुख्यमन्त्री सतिसकुमार सिंह, सभामुख रामचन्द्र मण्डल लगायत सहभागी भएका थिए ।





