नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सालिक राखेर राजा फर्कने होइन: कमल थापा

काठमाडौँ — राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनर्स्थापना गर्दा सरकारले अवरोध गर्नु ठिक नभएको बताएका छन् । नेपालगञ्जको वीरेन्द्र चोकमा बिहीबार राप्रपाका कार्यकर्ताले राखेको वीरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको थियो ।
धम्बोजी चोकमा पहिले पनि वीरेन्द्रको सालिक राख्न खोज्दा विवाद भएको थियो । राप्रपा कार्यकर्ताले राखेको वीरेन्द्रको सालिक प्रहरीले हटाएपछि विवाद भएको छ । यसबारे अध्यक्ष थापाले सालिक राखेर राजा फर्कने नभई इतिहासको सम्झना मात्रै हुने बताएका छन् । आन्दोलनको रापतापमा राजालगायत विपी,भानुभक्त समेतको सालिक तोडफोड गरियो ।
त्यो गलत थियो,’ उनले भनेका छन्, ‘नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन । शालिक राखेर राजा फर्कने होइन, इतिहासको सम्झना हो ।





