नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कसले गर्यो माधव नेपाललाई प्रधानमन्त्रीको अफर ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको दाबी गरेका छन् । सुर्खेतमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षणमा नेपालले प्रधानमन्त्री बन्ने अफर आएपनि षडयन्त्रकारीको त्यस्तो लोभमा आफू नफस्ने स्पष्ट पारेका हुन्।
उनले प्रधानमन्त्री बन्ने अफर कसले गर्यो भन्ने चाँहि खुलाएनन् । वर्तमान सत्ता गठबन्धन टुटाउने उद्देश्यले षडयन्त्रकारीहरुले प्रधानमन्त्रीको कार्ड फाल्न थालेको अध्यक्ष नेपाललको भनाई थियो । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मात्र होइन मलाई पनि प्रधानमन्त्रीको फर आइरहेको छ । तर म त्यस्तो लोभमा पर्दिनँ
नेपालले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनमा वामगठबन्धन हुने हल्ला चलाईएपनि त्यो तत्काल सम्भव नरहेको समेत स्पष्ट पारे । उनले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने धारणा राखे।





