थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Tuesday, June 16, 2026
पाल्पामा हावाहुरीका कारण एक युवककाे मृत्यु !!!
पाल्पामा हावाहुरीका कारण एक युवककाे मृत्यु
थाङमीचागु डट कम संवाददाता
२०८० चैत्र १७ | मध्यान्ह ०८:१२ बजे
पाल्पा, चैत १७ । पाल्पामा असिना पानीसहित आएको हावाहुरीको कारणले रुख ढलेर किच्दा एक युवकको ज्यान गएको छ ।
डुम्रे नजिकै जरे पिपलमा बाटोमा गुडिरहेको स्कुटरमाथि सल्लाको रुख ढलेर किच्दा स्कुटर चालक पाल्पा कैलाशनगरका २० वर्षिय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको हो ।
लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र एक माेटरसाइकल पनि पल्टिएको छ ।
पानीसहित आएको हावाहुरीले रुख ढलेका कारण अहिले पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्कुटरमा सवार अर्का एक जना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।




