यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
तिनकोनी माविमा विद्यार्थी विदाई कार्यक्रम सम्पन्न ।।।
तिनकोनी माविमा विद्यार्थी विदाई कार्यक्रम सम्पन्न ।।।

थाङ्मीचागु डट कम सम्बादाता
विनोद मण्डल चैत्र १ । सिरहाको धनगढीमाई ५ तिनकोनीमा रहेको श्री जनता माविमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सञ्जय चौधरीको अध्यक्षतामा कक्षा १० का विद्यार्थीलाई एक औपचारिक कार्यक्रमको आयोजना गर्दै विदाई गरिएको छ ।
विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा टेस्ट परीक्षा उत्तीर्ण गरेका संपूर्ण विद्यार्थीहरुलाई खादा ओढाएर टिका लगाई एस ईई
तयारी तथा अध्ययनका लागि औपचारिक रूपमा बिदाई गरिएको छ ।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सञ्जय चौधरीले परीक्षाकाे अग्रिम शुभकाना दिनुहुँदै एस ईई परिक्षा उत्तिर्णपछि विद्यार्थीहरुलाई प्राविधिक शिक्षातर्फ यस विद्यालयमा संचालित संकायमा पढ्नका लागि आग्रह गर्दै कक्षा ११ को लागि उपयुक्त पढन पाठ्नको बातावरण भएकोले यसै विद्यालयमा पुनः नामांकनको लागी आग्रह समेत गर्नु भएको छ ।
आयोजित कार्यक्रममा स्थानिय जनप्रतिनिधि , अभिभावक , बुद्धिजीवी , समाजसेवी , विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी , शिक्षक शिक्षिका तथा विद्यालय परिवार लगाएत अध्ययनरत विद्यार्थी समेतको उपस्थितिमा विद्यार्थी विदाई गरिएको हो ।
औपचारिक कार्यक्रमले करिब १ सय ४ जना बिद्यार्थीहरुलाई घरमा स्वअध्ययनका लागि बिदाई गरेको छ ।
यस पटक शैक्षिक सत्रको एस ई ई परिक्षा चैत्र १५ गतेदेखि हुने भएकोले घरमा स्व अध्ययनका लागि बिद्यालयबाट बिदाई गरिएको सहभागी एक विद्यार्थीले बताए ।
शैक्षिक सत्र सकिनु भन्दा अगाडी र प्रि एस ईई (टेस्ट परिक्षा) हुनु भन्दा अगाडीनै पूर्णरुपमा सबै कक्षागत बिषयको पाठ्यक्रमको आधारमा सबै बिषयका कोर्स पुरा गरि पुर्ण तयारीका साथ बिद्यार्थीलाई एस ईई परिक्षाको लागि बिदाई गरिएको बिद्यालयका प्रधानाध्यापक जितेन्द्र चौधरीले बताउनु भएको छ ।
विद्यालय ब्यबस्थापन समितिमा सञ्जय चौधरीको आगमन भएपछि नगरको सरकारी विद्यालयहरु मध्ये नमुनाको खाका कोर्न सफल यस विद्यालयमा गुणस्तरिय पठन पाठनको कारण आम अभिभावकको आकर्षणको केन्द्र मानिएको यस विद्यालयमा प्राविधिक धारको पठन पाठन समेत हुँदै आएको अवस्था रहेको देखिन्छ ।
आयोजित कार्यक्रममा प्राविधिक संयाेजक ।रामनारायण चाैधरी ,शिक्षक शान्ति लामा, रामचन्द्र यादब लगायतले शुभकानमा मन्त्वय राख्दै गर्दा सहभागी सबै विदाई समारोहमा भावुक भएका थिए ।
शिक्षामा लामो अनुभब बोकेका सबैले रुचाएका र दूरगामी चिन्तनका धनी तथा परिवर्तनका सम्भाहक बिद्यालयका शिक्षक महेश्वर प्रसाद मण्डलद्धारा कार्यक्रममा उद्घोषण गरिएको थियो ।





