प्रचण्डको धम्कि एमालेलाई जस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् ।

0Shares

काठमडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहमा जितेको कांग्रसभित्र अहंकार र दम्भ बढे एमालेलाई जस्तै ठेगान लगाइिदिने चेतावनी दिएका छन् । माओवादी केन्द्रका उम्मेदवारले स्थानीय तहमा जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै यस्तो बताएका हुन् । ‘हामीले राष्ट्र, संविधान र लोकतन्त्रको आवश्यकता भनेर गठबन्धन बनाउछौं तर बुर्जुवाहरुले यसलाई गलत ढंगले लिन्छन् । हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा हाम्रो उद्देश्य राम्रो थियो । एमाले नेतृत्व (केपी ओली)सँग यस्तो अहंकार र दम्भ बढायो, सबै हामी नै हो जस्तो गरेका थिए हामी त्यसका विरुद्धमा विद्रोहमा उत्रियौं,’ अध्यक्ष प्रचण्डले भने,‘अहिले कांग्रेसमा पनि यस्तै होला कि भन्ने भएको छ । हामीले मेहनत गरेर नै प्रधानमन्त्री (शेरबहादुर देउवालाई) बनायौं । हामीले अहिले पनि प्रधानमन्त्री भइराख्नुस् भनेका छौं हाम्रो अरु केही छैन । फेरि कांग्रेसमा पनि एमालेको जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन स्थानीय तहमा पनि धेरै जस्तो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र केन्द्रमा पनि ठेगान लगाउने भने भने हामीले फेरि एमालेलाई ठेगान लगाए जस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भन्ने छ । म कांग्रेसलाई भन्न चाहन्छु अहंकार र दम्भले कसैको पनि हीत गर्दैन ।’

माओवादीलाई कमजोर पारियो भनेर दम्भको राजनीति नगर्न पनि कांग्रेसलाई चेतावनी दिए । उनले एमाले अध्यक्ष ओली माओवादीको वैशाखी टेकेर दुईदुई पटक प्रधानमन्त्री भए जस्तै कांग्रेस पनि माओवादीकै सहारमा प्रधानमन्त्री बनेको बताए ।

अध्यक्ष प्रचण्डले भने,‘स्थानीय तहको निर्वाचनमा पराजित भएपछि एमालेको मुल नेतृत्व (ओली)मा चेतना आयो होला, अली अली आत्मसमीक्षा गर्ने ठाउँ भयो होला भन्ठानेको त तीन घण्टा (संसद्मा बोन्दा) अरुलाई गाली गरेको छ, खोस्रीएको छ । बोरामा मान्छे लगेर लुटेको लगेर लडाए जस्तो हो भनेको छ, हामी कसैको बैशाखी टेक्दैनौं भनेर भनेरको छ । माओवादी जस्तो बैशाखी टेक्दैनौं भनेका हुन् । मैले पनि भन्नैपर्‍यो तिमी कसको बैशाखी टेकेर दुईचोटी प्रधानमन्त्री भएउ ? आफ्नो अनुहार हेर्नुपरेन ऐनामा । त्यसकारण कांग्रेस त्यस्तो नभइदेओस् अहिले । कोही ठाउँमा माओवादीलाई यसो दायाँबायाँ गरेर कमजोर पारियो भन्ठानेर वा अरु पार्टीलाई । अहिले धेरै नै आएको छ कांग्रेसको । कांग्रेसको धेरै आउँछ भन्ने त लागेकै थियो तर कांग्रेस त्यस्तै अहंकारी हुने हो कि भन्ने साथीहरुको देशभरबाट चिन्ता र चासो भएको छ । त्यो रिपोर्ट पठाइराख्नुभएको छ । हामी गठबन्धन कायमै राखेर जान चाहन्छौं । हामी त निरन्तर क्रान्तिको सिद्धान्तवाला परियो त्यस्तै अहंकार र दम्भ आयो भने लड्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *