राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको पाँचौं साधारण सभा भव्यताका साथ सम्पन्न ।।।

0Shares

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको पाँचौं साधारण सभा भव्यताका साथ सम्पन्न ।।।

थाङ्मीचागु डटकम सम्बादाता

विनोद मण्डल,२०८० माघ २० आइतबार ४:१०

सिरहाको लहान स्थित सुर्या होटलमा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।

पूर्व निर्धारित समय अनुसार बिहान करिब ११ बजेर १३ मिनेटको समयमा आयोजित सभामा संस्थाका वरिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष रञ्जित कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका महासचिव
जीवन काफ्ले , विशिष्ट अथितीहरु माननीय राजेन्द्र चौधरी, ईलाका प्रशासन कार्यालय लहानका प्रमूख लिलाकान्त पौडेल अतिथिहरु ककुल्ति मण्डल , कृष्णदेव यादव , राज कुमार राय अन्देश्वर मण्डल , संस्थाका पूर्व अध्यक्ष, पत्रकार लगाएत निजामती सेवामा कार्यरत विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा आयोजना गरिएको कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको हो ।

आयोजित कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी प्रमूख अथितीबाट कार्यक्रमको उद्दघाटन भए पछि राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुप्रति सम्मान गर्दै एक मिनेटको मौन धारण समेत गरिएको थियो ।

लाहान अस्पतालका विमला थापाको उद्घोषणमा संचालित कार्यक्रममा वक्ताहरुले आ आफ्ना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै संस्थाका सचिव प्रदीप सिंहले अथिती गणलाई स्वागत गर्नु भएको थियो ।

अत्यन्त सुन्दर ब्यबस्थापनका साथ आयोजित कार्यक्रममा अथिती लगाएत सहभागी सबै लाई फूल माला र गम्छा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका तर्फबाट रञ्जित कुमार यादवले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा शेयर कदर पत्र संस्थाको तर्फबाट राजकुमारी चौधरी , सतिश कुमार शाह लगायतलाई प्रमूख अथितीबाट प्रदान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै अशल नेतृत्वको छनौट आजको आवश्यकता हो भन्दै कृष्ण देव यादवले बताउनु भएको छ ।
शुभकामना मन्तब्यको क्रममा संस्थाका लागि शेयर धनी बढाउनु पर्ने बताउँदै अन्देश्वर मण्डलले आफ्ना विचार राखेका हुन ।

निजामती कर्मचारीको आइपरेको समस्यालाई टार्नका लागि गठन भएको यस संस्थामा जम्मा गरेको बचत रकमको दुरुपयोग कहिल्यै नहुने भन्दै निर्धक्क बचतको लागि सहभागीहरूलाई अनुरोध विशिष्ट अथितीको आसनबाट बोल्दै लिलाकान्त पौडेलले गर्नु भएको थियो ।

यता संस्था खोलिसकेपछि नियमित बचतको बातावरण निर्माण गर्नु पर्ने माननीय राजेन्द्र चौधरीले बताउनुभयो ।

प्रमूख अथिती जीवन काफ्लेले सहकारीको एतिहासिक यात्राको बारेमा जानकारी गराउनु हुँदै राज्यको अर्थतन्त्रको खम्भाको रूपमा रहेको यस सहकारीको गठन कठिन परिस्थितिबाट भएको भन्दै देशभरी सहकारी विस्तार अभियानमा लाग्ने बताउनु भएको छ ।

कार्यक्रमको समापन मन्तब्यमा संस्थाका अध्यक्ष रञ्जित कुमार यादवले बोल्दै यस संस्थाले कर्मचारी सञ्चयकोष भन्दा पनि कम ब्याजदरमा कर्मचारीहरुलाई ऋण यस साधारणसभा पछि उपलब्ध गराउने बताउनु हुँदै यस सहकारीको भन्दा सस्तो व्याजदरमा अन्य कुनै पनि वित्तिय संस्थाले ऋण उपलब्ध गराउन नसक्ने
दाबी गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *