काठमाडौ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहलाइ वडा अध्यक्षहरुले बैठकको प्रक्रिया सिकेर आउन सुझाव दिए

0Shares

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहलाई वडाअध्यक्षहरूले बैठकको प्रक्रिया सिकेर आउन सुझाव दिएका छन्।

प्रत्यक्ष प्रशारण गरिएको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षले यस्तो सुझाव दिएका हुन्। प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले बोर्ड बैठकको निर्णय भन्दै केही निर्णय सुनाएपछि वडाध्यक्षहरु आक्रोशित भएका थिए।

‘कार्यपालिका बैठक भर्खर बस्दैछ, बोर्डको बैठकले कसरी पारित गर्यो? हामीले टेबल नठोकी कसरी पारित हुन्छ?’ एक वडाध्यक्षले भने। फोहोरमैला व्यवस्थापन कार्यदल गठन गर्ने र त्यसमा पार्टीगत प्रतिनिधि दिन प्रशासकीय अधिकृत पौडेलले भनेपछि उनीहरुले त्यो प्रस्ताव फिर्ता लिन आग्रह गरे।

त्यसपछि प्रशासकीय अधिकृतले फिर्ता लिएको भनेपछि मेयर साहले अहिले प्रस्ताव गरिएको र निर्णय भइनसकेको बताए।

यहि बीचमा वडा नम्बर ७ का वडाध्यक्ष बिमल कुमार होडाले भने, ‘मेयर साहेब संसदीय बैठक प्रणाली लागू गर्नुस्, सिक्नुस् त्यो कुरा। बैठकको प्रक्रिया अध्ययन गर्नुस्, कसरी प्रस्ताव आउँछ? कसरी अनुमोदन हुन्छ? बहुमत हुन्छ। त्यस्तो प्रक्रिया गर्नुस्, पार्टीको नाम लिन थाल्नुभयो, बैठक कसरी चलाउने त्यो पनि परामर्श गरेर आउनु पर्‍यो।’

त्यसपछि मेयर साहले थपे, ‘पहिले नै छलफल गर्नुपर्ने कुरा हो। आज पहिलो दिन भएकाले सजिलै कुरा राखिएको छ। सबैले पास नगरी केही पनि निर्णय हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *