भव्य, सानदार र शान्तिपूर्ण रुपमा सम्पन्न भयाे एमालेकाे युवा-विद्यार्थी विशेष कार्यक्रम ।।।

0Shares

भव्य, सानदार र शान्तिपूर्ण रुपमा सम्पन्न भयाे एमालेकाे युवा-विद्यार्थी विशेष कार्यक्रम ।।।
२०८० मङ्सिर ७ गते

थाङ्मीचागु डटकम संवाददाता

काठमाडौं । नेकपा एमालेकाे युवा-विद्यार्थी विशेष कार्यक्रम भव्य, सभ्य, सानदार र शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे छ ।

एमालेकाे युवा र विद्यार्थी संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुकाे आयाेजनामा बिहीबार काठमाडाैंकाे तिनकुनेमा विशाल प्रदर्शनसहित कार्यक्रम सम्पन्न भएकाे हाे ।

युवा संघ र अनेरास्ववियुले सरकारकाे बेथिति विरुद्ध काठमाडाैंकाे तिनकुनेमा विशाल प्रदर्शन गरेकाे हाे । युवा-विद्यार्थी विशेष कार्यक्रम नाम दिइएकाे साे कार्यक्रमलाई एमालेका युवा नेता महेश बस्नेत, भानुभक्त ढकाल लगायतले सम्बाेधन गर्नुभएकाे थियाे ।

तिनकुनेमा काेणसभा गर्नुअघि काठमाडाैं उपत्यकाका विभिन्न ठाउँबाट युवा-विद्यार्थीकाे विशाल र्‍याली समेत निकालिएकाे थियाे । र्‍यालीकै क्रममा दुर्गा प्रसाईंकाे समूहले बल्खुमा युवा संघमाथि ढुंगामुढा प्रहार गरेकाे थियाे । तर युवा संघले संयमित भएर कार्यक्रम अगाडि बढायाे ।

कार्यक्रममा हजाराैंकाे संख्यामा एमाले, युवा संघ, अनेरास्ववियु, अनेमसंघ नेता-कार्यकर्ता तथा शुभचिन्तक उपस्थित भएका थिए ।

नेता-कार्यकर्ता र शुभचिन्तकले पार्टीको झण्डा, युवा संघ र अनेरास्ववियुकाे झण्डा र राष्ट्रिय झण्डासहित सरकारका बेथितिविरुद्ध नारा लगाएका थिए । उनीहरूले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरू समेत बाेकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *