रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21रिगल डन’ नेपालगन्जबाट पक्राउ ।।।
रिगल डन’ नेपालगन्जबाट पक्राउ
बिहीबार, कात्तिक १६, २०८०
थाङ्मीचागु डट कम
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल रिगल डन पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
बाँकेका एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेका हुन् ।
सर्वोच्च अदालतले बिहीबार नै माफी मिनाहाको निर्णय खारेज गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो ।
पूर्ण इजलासको आदेशलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ढकाललाई नेपालगन्जका चेतन मानन्धरको हत्या गरेको भन्ने कसुरमा अदालतको फैसलाअनुसार ठहर भएको जन्मकैदको सजायमध्ये भुक्तान हुन बाँकी ११ वर्ष ११ महिना ५ दिन (५९.६६प्रतिशत) कैद सजाय नहुने भनी फौजदारी कसूर ऐन, २०७४ को दफा ३७ समेतको आधारमा प्रत्यर्थीहरुबाट कारवाही तथा निर्णय भएको आदेशमा उल्लेख छ ।
“उक्त दफा ३७ लाई कानुनी आधारको रुपमा ग्रहण गर्ने हो भने पचास प्रतिशत कैद सजाय भुक्तान नभएको र जन्म कैद सजाय पाएको कसूरदारको हकमा सो बमोमिजको कैद कट्टा सुविधा प्रदान गर्न मिल्ने देखिँदैन । प्रत्यर्थीहरुले लिखित जवाफमा भने कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) समेतको आधारमा कैद कट्टा गरेको भनी जिकिर लिएको पाइयो । कारगार नियमावली, २०२० मा २०७९–९–१८ मा भएको संशोधनबाट उल्लिखित उपनियम (१) र (१क) खारेज भएको भैसकेको देखिन्छ,” आदेशमा उल्लेख छ ।