मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
कर्तव्य ज्यानको अभियोगमा २ जना पक्राऊ ।।।
कर्तव्य ज्यानको अभियोगमा २ जना पक्राऊ ।।।
विनोद मण्डल, कार्तिक १२ । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं ०२ पेल्माङ स्थित मादक पदार्थ सेवन गरेर हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
समित कुलुङको घरमा बस्दै आएका धरान बहादुर राई , समित कुलुङ र सितल बहादुर राईलगाएत सबै मिलेर मादकपदार्थ सेवन गर्दै गरेको अवस्थामा उनीहरूको बीचमा उत्पन्न आपसी विवादका कारण ५० वर्षीय सितल बहादुर राईलाई घटनास्थलमा नै उनीहरूले मारेका थिए ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय सोताङ सोलुखुम्बुमा सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पुगेको थियो ।
घटनास्थलमा पुगेका प्रहरीले
सोलुखुम्बु साबिक बुङ गा.बि.स.वडा नं.०७ हाल महाकुलुङ गाउँपालिका वडा नं ०२ बुङ पेल्माङ बस्ने बर्ष ५६ को धरान बहादुर राई र
बर्ष ३४ को समित कुलुङलाई नियन्त्रणमा लिएको थियो ।
अभियूक्तहरुलाई पक्राउ गरी सम्मानित सोलुखुम्बु जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा दिन ५ (पाँच) को म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय शोलुले जनाएको छ ।




