दोलखाको ओराङमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु ।।।

0Shares

दोलखाको ओराङमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु
दोलखा । विगु गाउँपालिका वडा नम्बर–२ ओराङमा सोमबार साँझ बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

विगु–१ लामाबगरको जगतबाट देउलाङतर्फ जाँदै गरेको बोलेरो राईबेटारमा दुर्घटना हुँदा स्थानीय बालमाई तामाङ र चिनीमाया तामाङको मृत्यु भएको वडा अध्यक्ष दिपक ठकुरीले भिलेज खबरलाई जानकारी दिनुभयो । दुर्घटनामा परेर चार जना घाईते भएका छन् ।

घाईतेहरुको उद्धार गरेर उपचारका लागि पठाईसकिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा प्रहरीको टोली समेत पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *