नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण
2026-08-26विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
2026-08-26
Wednesday, August 26, 2026
दोलखाको ओराङमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु ।।।
दोलखाको ओराङमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु
दोलखा । विगु गाउँपालिका वडा नम्बर–२ ओराङमा सोमबार साँझ बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
विगु–१ लामाबगरको जगतबाट देउलाङतर्फ जाँदै गरेको बोलेरो राईबेटारमा दुर्घटना हुँदा स्थानीय बालमाई तामाङ र चिनीमाया तामाङको मृत्यु भएको वडा अध्यक्ष दिपक ठकुरीले भिलेज खबरलाई जानकारी दिनुभयो । दुर्घटनामा परेर चार जना घाईते भएका छन् ।
घाईतेहरुको उद्धार गरेर उपचारका लागि पठाईसकिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा प्रहरीको टोली समेत पुगिसकेको छ ।





