मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
MNO-DGG संगठनले देश भरी संविधान दिवस संविधान जलाएर बहिष्कार गरेको छ ।
MNO-DGG संगठनले देश भरी संविधान दिवस संविधान जलाएर बहिष्कार गरेको छ ।
थाङ्मीचागु डट कम
मंगलवार असोज , ३,२०८०
काठमाडौं- मङ्गोल नेशनल अर्गनाइजेसन -डाक्टर गोपाल गुरुङ संगठनले संविधान पुर्ण लेखनको माग गर्दै संविधान दिवसमा बिरोध साथै बहिष्कार गरेको छन ।
संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेको भन्दै MNO-DGG ले संविधान दिवस बहिष्कार गरेको हो।
संविधानमा विभेदकारी प्रावधान राखिएको उल्लेख गरेको MNO-DGGले संविधान दिवसमा विरोध गर्ने र विभेदकारी प्रावधान पुर्ण लेखनको लागी दबाब दिने MNO-DGGले जनाएको छ। असोज ३ मा संविधान पुर्ण लेखनका पक्षमा शान्तिपूर्ण विरोध MNO -DGGले गरेको छ।
८०%जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी संविधान जारी भएको जसपाMNO-DGGको ठहर छ। संविधान विभेदकारी, अधुरो, अपुरो र त्रुटीपूर्ण रहेको MNO-DGGले विज्ञप्तिमा उल्लेख गरेको छ।
सविधानले मात्र हिन्दु खस आर्य मात्र समेटेको नेपालको ८०% अहिन्दु मुलबासी मङ्गोल समुदायलाई ओझेलमा मारेको भन्दै MNO – DGG ले आज संविधान जलाएर बहिष्कार गरेको छ ।
संविधानले मङ्गोल मुलबासी मधेशी, अल्पसंख्यकलगायतका समुदायको मुद्दा सम्बोधन गर्न संविधान पुर्ण लेखन गर्नुपर्ने भन्दै MNO-DGG संगठनले संविधान दिवसको दिन संविधान जलाएर बहिष्कार बिरोध जनाएको छ ।





