सार्वजनिक शौचालय नहुँदा स्थानियलाई सास्ती ।।।

0Shares

सार्वजनिक शौचालय नहुँदा स्थानियलाई सास्ती ।।।

थाङ्मीचागु डट कम संवाददाता असोज १ । दोलखा जिल्लाको विगु गाउँपालिकाका बस्तीहरूमा सार्वजिक शौचालय नहुँदा स्थानियलाई सास्ती महसुस भएको छ ।

स्थानिय वाडा नम्बर ८ मा करिब ५०० घरधुरी भएपनि हालसम्म कुनै सार्वजनिक शौचालयको निर्माण गरिएको छैन ।

भौगोलिक विकटताका बीच रहेका उक्त वडाका सार्वजनिक कार्यहरूका लागि आम स्थानीयहरू एककै ठाउँमा भेला हुँदा शौचको समस्या उत्पन्न हुने गरेको स्थानिय बताउँछन् ।

पालिकालाई संमृद्धिको बाटोमा लैजाने उद्घोष गर्दै आएका पालिका अध्यक्ष र वाडा जनप्रतिनिधिहरुले भाषणका जती ठूला कुरा गरेपनि वास्तविकतामा भने त्यस्तो हालसम्म देखिएको छैन ।

स्थानिय सरकारको प्रमुखको रूपमा रहेको वाडा अध्यक्षले स्थानिय आवस्यकताहरु प्रति चिंतित नहुनु दुखद कुरा हो ।

स्थानिय समाजसेवी विक्रम थामीले स्थानिय विकाशको लागि निकायहरुलाई जानकारी गराईरहदा पनि कानमा तेल हालेर सुतेको नेपाल सरकारको निकाय अनि आँखामा पट्टि बाधेर हिड्ने वाडा अध्यक्षले स्थानिय जनताको जनगुनासोलाई उचित ध्यान सहितको विकास को थालनी नहुनु विडम्बना हो ।
निर्वाचनको समयमा घर घरमा पुगेर दिएका आश्वासनको हालसम्म किन् सम्बोधन हुन सकेको छैन ? के वाडा प्रमुखले हालसम्म बाटो अभाबको कारण टोल बस्तीमा गाडी नपुगेको देखेको छैन ? स्थानिय समस्या समाधानको लागि स्थानिय जनताले निर्वाचित गराएका जनप्रतिनिधि नै निदाए भने स्थानिय विकास कसरी सम्भव होला ?

स्थानिय स्तरमा आयोजित हुने सभा ,सेमिनार ,गोष्ठी तालिम लगायतको अवस्थामा शौचालयको बढी आभाव खडकिने गरेको स्थानीय बताउँछन् ।

मदिराजन्य पदार्थको बिक्री वितरण लगाएत सेवन न्यूनीकरण अभियानका लागि विक्रम थामी आगाडी आएका छन ।

विगु गाउँपालिका वाडा नम्बर ८ स्थितका बस्ति खोपाचागुमा मदिरा जन्य पदार्थको रोकथामका लागि यतिबेला आफ्ना जनचेतना अभियानका साथ थामी टोल बस्तीमा लागू पदार्थको सेवनले पर्न सक्ने दीर्घकालीन असरका बारेमा स्थानियलाई जानकार बनाउँदै आएका छन् ।
स्थानिय अभियानको नेतृत्व गर्दै आएका थामिको कार्यलाई स्थानिय जनप्रतिनिधिहरुले खुलेर सहयोग गर्दै आएको छ ।

विकाशमा पछि पर्दै आएको यस ठाउँमा यतिबेला आम जनताको सरोकारको विषयमा थामीले खुलेर आवाज उठाउँदै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *