तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
राजनीतिक अस्थिरतालाई रोक्न राप्रपालाई समर्थनः सांसद सापकोटा नेकपा (माओवादी केन्द्र)
राजनीतिक अस्थिरतालाई रोक्न राप्रपालाई समर्थनः सांसद सापकोटा नेकपा (माओवादी केन्द्र) का माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राप्रपालाई सहयोग गरेको बताएका छन्। आईतवार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्ने मौखिक सहमति भएपछि राप्रपालाई सहयोग गरेको बताएका हुन्। उनले राजनीतिलाई स्थिरता दिन र बलियो एकताको स्थिति बनाउन समर्थन गरेको बताए। उनले भने, ‘समग्र राजनीतिक परिस्थितिलाई बलियो बनाउने, अहिले अस्थिरता सिर्जना भइरहेको छ, यी सबैकुरालाई स्थिर बनाउने र असमझदारी हटाउँदै बलियो एकताको स्थिति बनोस् भनेरै यो समझदारी गरिएको छ। उहाँहरुले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्नुहुनेछ।’






