निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
कर कटौती गरेर भए पनि मूल्यवृद्धि रोक्नुपर्छ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मूल्यवृद्धि घटाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।
प्रतिनिधि सभामा बैठकमा बोल्दै प्रचण्डले विभिन्न अन्तर्राष्ट्रिय तत्त्वहरूले विश्वभर आएको आर्थिक संकुचनको कारण नेपाल पनि सहज स्थितिमा रहेको बताए।
असहजताको सामना सरकार तथा कुनै एक दल विशेषले मात्रै गर्न नसकिने उनको भनाई थियो। यद्यपि ‘महंगीको मारले नेपाली जनताको ढाड सेकिएको छ। प्रत्येक भान्साबाट विद्रोह हुने परिस्थिति बन्दै छ,’ उनले भने, ‘दिन प्रतिदिन बढिरहेको महंगीले जनता आजित हुने अवस्था आएको छ। यसको सामना हामीले गर्नुपर्ने छ।’
पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको प्रत्यक्ष प्रभावमा जनतालाई नपार्न बाह्य मुलुकमा कर कटौती भएको भन्दै उनले नेपालमा पनि कर कटौती गरेर जनतालाई राहत दिन आग्रह गरे।





