रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21नेकपा एसले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन आयोजना गर्ने
नेकपा एसले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन आयोजना गर्ने
‘मुलुकको रूपान्तरणकारी एजेन्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गरिने’
काठमाडौँ — नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको छ । मंगलबारदेखि सुरु भएको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले मुलुकको रूपान्तरणकारी एजेन्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गरिने पनि बताए ।
प्रवक्ता खतिवडाले बैठकले पार्टीमा युवा विद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशनअगावै युवा विद्यार्थीलक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले देशभर पार्टीको विस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकाहरूमा बहुमत ल्याउन सक्नेगरी पार्टीको निर्माण गरेरमात्रै त्यो अभिभारा पूरा गर्न सकिने र आगामी दिनमा सबै राजनीतिक र साङ्गठनिक प्रयासहरू त्यसकै लागि केन्द्रित हुने निर्णय गरेको छ ।
त्यस्तै बैठकले कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडाहरुमा कमिटी गठन र सबै कमिटीहरुले सदस्यताको वितरण गर्ने काम हुने प्रवक्ता खतिवडाले जानकारी दिए ।
१५ दिन पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनैपनि तहका कमिटीका अध्यक्ष र सचिवहरुलाई उक्त जिम्मेवारीबाट मुक्त हुनका लागि आग्रह गरिने र त्यस्ता पदाधिकारीलाई अन्य जिम्मेवारी प्रदान गरी निर्णय कार्यान्वयन गरिने उनले बताए ।
बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ । बैठकले देशका विभिन्न स्थानहरुमा दलितको घर जलाउने, निर्माणाधीन घर भत्काउने, अन्तरजातीय विवाह गर्नेहरूलाई झुटा मुद्दामा फसाउनेलगायतका दलितमाथि हुने जातीय छुवाछुत र भेदभावको घटनाको भर्त्सना गरेको छ । जातीय छुवाछुत जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न आवश्यक कदम नेपाल सरकारसँग माग गरेको छ ।