मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
काठमाडौं उपत्यका, वाग्मती प्रदेशमा सार्वजनिक सवारीसाधनको भाडा बढ्यो
काठमाडौं उपत्यका, वाग्मती प्रदेशमा सार्वजनिक सवारीसाधनको भाडा बढ्यो
काठमाडौँ — काठमाडौं उपत्यका, वाग्मती प्रदेशमा सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । बिहीबारदेखि नै लागू हुनेगरी नयाँ भाडादर कायम भएको वाग्मती श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । अब काठमाडौं उपत्यकामा बस चढ्नेवित्तिकै ५ किलोमिटरसम्मको दूरीमा १९ रुपैयाँ भाडा लाग्नेछ ।
यसअघि १८ रुपैयाँ तोकिएको थियो । यद्यपि यसअघिदेखि नै सहचालकहरूले २० रुपैयाँ भाडा लिँदै आएको यात्रुको गुनासो छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भाडा समायोजन गरिएको हो । ५ किलोमिटरसम्मको दूरीमा मन्त्रालयले १९ रुपैयाँ ५० पैसा भाडा तोके पनि समायोजन गरी १९ रुपैयाँ कायम गरेको हो ।
उपत्यकामा १० किलोमिटर दूरीसम्म २६ रुपैयाँ, १५ किलोमिटरसम्म ३१ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा तोकिएको छ । काठमाडौं उपत्यकाबाहेक वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर ५.३१ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै ट्याक्सीको सुरुवाती भाडा दर ‘फ्याग’ ५२ रुपैयाँ तोकिएको छ भने प्रति २०० मिटर भाडादर १०.३४ रुपैयाँ कायम गरिएको छ । यद्यपि राति ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने ट्याक्सीमा सुरुवाती भाडा ५२ कायम गरी प्रति २०० मिटरको हकमा १५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।





