थामीचागुको ऐतिहासिक नाम ।।।

0Shares

थामीचागुको ऐतिहासिक नाम

चागु नाम कसरी हुनुपुग्यो ?
चागु नाम हुनुभन्दा पहिला थाङ्मीचागुमा छुट्टाछुट्टै प्रकारको नामहरु थियो । जस्तै तेङ्सिङ्ग , लिङ्गगोरेङ्ग , कुलीपोटोङ्ग , टाङपेराङ्ग रिदाग आमेडन्डी लिकि पोटोङ्ग , आर्कापोले , ठातिपोले , धुस्रुपोले , वास्यारङ्ग , ओचोइ,सोर्पा,कोलेपा,कापाराङ्ग, डेगो,फिर्के,डन्डी ,मन्द्रे डन्डी , इत्यादि थियो ।

सन, १७६२ मा चाँगेहाङ्ग ठान्टी थाङ्मीको नाम बाट अहिले को थाङ्मीचागुको नाम रहन गएको पु्खाहरु बताउनु हुन्छ। वास्तविक नाम चागु होइन चाँगे हो । चाँगेहाङ्ग ठान्टी थाङ्मी अहिलेको बर्तमन थाङ्मीचागुको ठान्टी खलक सबैजनाको पुर्खा पनि हो । चाँगेहाङ ठान्टी थामी झगरियाहाङ ठान्टी थाङ्मीको बुवा हुनुहुन्थ्यो ।

चाँगेहाङ्ग ठान्टी थाङ्मी थाङ्मीमीचागुको पहिलो बासीको पहिलो छोराको रुपा जन्मनु भएको थियो । उहा एकदमै भाग्यमानी हुनुहुन्थ्यो । तेसैले उहाको नाम चाँगेहाङ्ग राख्नु भएको र उहाँ जन्मनु भएको ठाउँको नाम पनी थाङ्मीचागे राख्नु भएको थियो । अहिले चाँगेहाङ्ग अप्रभम्स हुँदै थाङ्मीचागु भएको हो ।

चाँगेको अर्थ – फुल हरियाली कहिले पानी नसुक्ने देव भुमि तपो भुमी सिमे भुमे सबैको बासइसथान र भाग्यमानी इसबैलाइ समेटेर ,चाँगेहाङ ठान्टी थाङ्मी र थाङ्मीचाँगे थाङ्मीचागुको नाम यसरी रहेको थियो ।

चाँगेहाङ ठान्टी थाङ्मीले धेरै लामो समय सम्म थाङ्मीचागुमा शासन गर्नु भयो । तेस पछि उहाँ बित्नु भए पछि उहाको ठाउँमा उहाको जेठा छोरा झगरियाहाङ्ग ठान्टी थामी आउनु भयो । उहाँ झगरिया ठान्टी थाङ्मी उहाको बुवा चाँगेहाङ ठान्टी थाङ्मी भन्दा पनि धेरै शक्तिशाली हुनुहुन्थ्यो । उहाँ समाजसेवी र सात गाउँको मादले र गोडाइचा बुबु पनि हुनुहुन्थ्यो ।

“थाङ्मीचागुमा चार पगरिको शासन व्यवस्था थियो र अझै हाम्रो थाङ्मी समाज भित्र छ ।
सरकार चलाउने
१) ठान्टी गोडाइचा बुबु
२) हार्बा मुल्मी
३) चित्रे जेडा बुढा
४) पेन्टे मुल्मी

समाज चलाउने
खामी
गुरु
लाङ्मी
दुर्मी

थाङ्मी चागुमा कति थर अथवा कति खलक छन ?
१) ठान्टी आक्यङ्मी
२)पेन्टे
३)चित्रे
४)हार्वा
५)खुर्पे
६)रिस्मी
७) दाङ्गुरी
८) बेन्टाङ

क्रमश भाग १

Leave a Reply

Your email address will not be published. Required fields are marked *