भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

सर्वोच्चले यसअघि जन्मकैदको सजायलाई घटाएर साढे ८ वर्ष कैद कायम गरेपछि ०७७ साउन ८ गते कोइराला डिल्ली बजार कारागारबाट छुटेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ०७७ असार १५ मा कोइरालाको जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गरिदिएको थियो । तर, बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई कैद छुट दिने यसअघिको सर्वोच्चको फैसला उल्ट्याएर जन्मकैद नै कायम गरिदिएको थियो । सर्वोच्चको फैसला आएपछि बिहीबार दिउँसोबाटै कोइराला सम्पर्कविहीन भएका थिए ।





