गौरीशंकर गाउँपालिकाको कार्यपालिकामा माओवादी केन्द्र एक्लैको बहुमत

0Shares

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका गाउँकार्यपालिकाको निर्वाचन आज सम्पन्न भएको छ ।

निर्वाचनबाट ६ जना कार्यपालिका सदस्य चयन भएका छन् । जसअनुसार दलित वा अल्पसंख्यकमा नेकपा माओवादी केन्द्रको तर्फबाट लानुरी शेर्पा र आङदोर्जे शेर्पा निर्वाचित भएका हुन् । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ७ चंखुको वडाध्यक्षमा पराजित भएका लानुरी कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । यस्तै महिला सदस्यहरुमा नेपाली कांग्रेसकी डोमा शेर्पा, माओवादी केन्द्रकी देवि घतानी, गंगा चर्माकार शार्की र जिमि शेर्पा निर्वाचित भएकी छिन् । गाउँकार्यपालिकामा माओवादी केन्द्रबाट ५ जना र नेपाली कांग्रेसको तर्फबाट एक जना गरी ६ जना निर्वाचित हुँदा नेकपा एमालेबाट एक जना पनि कार्यपालिका सदस्यमा निर्वाचित भएका छैनन् ।

गौरीशंकरमा माओवादी एक्लैको बहुमत छ भने एमाले स्वतः अल्पमतमा परेको छ । गौरीशंकर गाउँपालिकाको ९ वटा वडामध्ये वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट माओवादीले ५ वटा वडामा विजयी हात पारेको थियो भने कांग्रेसले तीन वटा वडा तथा एमालेले जम्मा एउटा वडा मात्रै जितेको थियो । कार्यपालिका सदस्यमा निर्वाचित भएकामध्ये केही वडापालिकाका सदस्य छन् भने केहीलाई सम्बन्धीत पार्टीले कार्यपालिका सदस्यका लागि उम्मेदवार स्विकृत गरेको थियो । जिरी नगरपालिकाको कार्यपालिकामा पनि अल्पमतमा परेको एमाले गौरीशंकरमा पनि अल्पमतमा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *