मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
सहजतापूर्वक नागरिकता प्रमाण पत्र प्रदान गर्दै उदयपुर ।।।
सहजतापूर्वक नागरिकता प्रमाण पत्र प्रदान गर्दै उदयपुर ।।।
विनोद मण्डल, साउन १६ । प्रदेश नं १ को उदयपुर जिल्लामा जन्मको आधारमा नागरिकता प्रमाण पत्र लिएका बाबु आमाको सन्तानलाई नेपाल सरकारकाे नियम कानुन अनुसार सहजतापूर्वक नेपाली नागरिकता प्रमाण पत्र जिल्ला प्रशासन कार्यालय उदयपुरले प्रदान गरिरहेको अवस्था रहेको देखिन्छ ।
नेपाल सरकारले खुलाएको जन्मको आधारकाे नागरिकता अन्तर्गत आवस्यक कानूनी प्रक्रिया अनुसार आजसम्म ११२ जनाले नेपाली नागरिकताकाे प्रमाण पत्र उदयपुर जिल्लामा पाएका छन ।
सहजतापूर्वक प्रदान गरिँदै आएको नागरिकता प्रमाण पत्रमा करिब ९ जनाले आमाको नामबाट समेत वंशज नागरिकता प्राप्त गरेका हुन ।
शुरुमा नागरीकता प्रमाणपत्रको लागि जिल्ला प्रशासन कार्यालयमा भीड देखिए पनि आजभोलि प्रदान गरिने नागरिकताको लागि खासै भीड नभएको उदयपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल जानकारी दिनु भएको छ ।





