सहजतापूर्वक नागरिकता प्रमाण पत्र प्रदान गर्दै उदयपुर ।।।

0Shares

सहजतापूर्वक नागरिकता प्रमाण पत्र प्रदान गर्दै उदयपुर ।।।

विनोद मण्डल, साउन १६ । प्रदेश नं १ को उदयपुर जिल्लामा जन्मको आधारमा नागरिकता प्रमाण पत्र लिएका बाबु आमाको सन्तानलाई नेपाल सरकारकाे नियम कानुन अनुसार सहजतापूर्वक नेपाली नागरिकता प्रमाण पत्र जिल्ला प्रशासन कार्यालय उदयपुरले प्रदान गरिरहेको अवस्था रहेको देखिन्छ ।

नेपाल सरकारले खुलाएको जन्मको आधारकाे नागरिकता अन्तर्गत आवस्यक कानूनी प्रक्रिया अनुसार आजसम्म ११२ जनाले नेपाली नागरिकताकाे प्रमाण पत्र उदयपुर जिल्लामा पाएका छन ।

सहजतापूर्वक प्रदान गरिँदै आएको नागरिकता प्रमाण पत्रमा करिब ९ जनाले आमाको नामबाट समेत वंशज नागरिकता प्राप्त गरेका हुन ।

शुरुमा नागरीकता प्रमाणपत्रको लागि जिल्ला प्रशासन कार्यालयमा भीड देखिए पनि आजभोलि प्रदान गरिने नागरिकताको लागि खासै भीड नभएको उदयपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *