हेल्थ पोष्टमा स्वयम सेविका विवाद , रिता पासवानले काम सम्हाल्दै ।।।

0Shares

हेल्थ पोष्टमा स्वयम सेविका विवाद , रिता पासवानले काम सम्हाल्दै ।।।

बिनोद मण्डल जेठ २४ । सिराहा जिल्लाको साविक विष्णुपुरकट्टी ठटीया तथा हाल धनगढीमाई १२ मा रहेको विष्णुपुर हेल्थ पोष्टमा स्वयम सेविका पदका लागि विवाद रहेको छ ।

उमेर हदका कारण अनिवार्य अवकास सहित निवेदन दिँदै राजीनामा मिति २०७९/४/२९ मा आमा समुह मार्फत स्वकृत गराउनु भएका जानुका आचार्यको अवकास पश्चात विवाद चुलिएको हो ।

स्थानीय निशा महतो र ललिता मेहता उक्त पदका लागि जोड गरेपछि विवाद सिर्जना भएको हो ।

निशा महतोले उक्त पदमा जागीरको लागि मिति २०७९/८/९ गते आमा समुहको निर्णय सहितको निवेदन उक्त हेल्थ पोष्टमा निवेदन दर्ता गराउनु भएको छ भने ,

यता ललिता मेहताले जिल्ला जन स्वास्थ्य कार्यालय सिरहाले सञ्चालन गरेको आधारभूत स्वयम सेविका तालिम मिति २०७५/२/२१ देखि २०७५/२/२९ र २०७५/३/१० देखि २०७५/३/१८ सम्म पटक पटक गरी दुई पटक १८ दिने तालिम प्राप्त गरेको आवस्यक प्रमाण सहित उक्त हेल्थ पोष्टमा निवेदन दर्ता गराउनु भएको अवस्था रहेको देखिन्छ ।

स्वास्थ्य स्वयम सेविका पदका लागि आमा समुहको निर्णय मान्य भएको हुँदा दुवै जनाले आ आफ्नै किसिमबाट आमा समुहको निर्णयसहितको निवेदन उक्त कार्यालयमा पेस गरेको देखिन्छ ।

एउटै पदमा दुई निवेदन परेको अवस्थाको सिर्जना भएपछि हेल्थ पोष्ट विष्णुपुरले दुवै निवेदनलाई अन्तिम निर्णयका लागि स्वास्थ्य शाखा कार्यालय धनगढीमाई पठाएको अवस्था समेत रहेको देखिन्छ ।

उक्त पद विवादित भएपछि कामकाज सञ्चालनको लागि हेल्थ पोष्टले आमा समुहलाई जबाफदेही बनाई आमा समूहकी अध्यक्ष रिता पसमानमार्फत स्वयंम सेविका पदका सबै कामकाज मिति २०७९/१०/१८ देखि अगाडि बढाएको देखिन्छ ।
आमा समुहको बैठक लगायतका कामकाज नियमित भइरहेको अवस्थामा रिता पासवानको अध्यक्षतामा प्रत्येक महिना आमा समुहको बैठक लगायतका कामकाज हुदै आएको छ ।

मिति २०७९/११/२१ ,२०७९/१२/१७ र २०८०/२/१८ सम्मकाे अवस्था हेर्दा आमा समूहकी अध्यक्ष रिता पासवानले करिब ४ महिनादेखि स्वास्थ्य स्वयम सेविका पदको संपूर्ण कामहरु कुशलतापूर्वक समाल्दै आउनु भएको छ ।

सानो पदका लागि यसरी विवाद बढेपछि सामाजिक रूपमा आलोचना बढेको छ ।

पद सानो भएपनि राजनीतिक पहुँचको गन्ध आइरहेको स्थानियको आरोप र भनाई रहेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *