वाडा अध्यक्ष अमित ठकुरी ज्यूको पहलमा जग्गा नापी जारी स्थानीय खुशी ।।।

0Shares

वाडा अध्यक्ष अमित ठकुरी ज्यूको पहलमा जग्गा नापी जारी स्थानीय खुशी ।।।।

सम्बाददाता जेठ १० । सिरहाको धनगढीमाई १४ मा जग्गा नापीको कार्यक्रम थालिएको छ ।

भौगोलिक रूपमा विकट मानिएको सिराहा जिल्लाको उत्तरी भेकको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ अन्तर्गतका बस्तीहरूमा रहेको जग्गाको नापी शुरू गरीएको हो ।

हाल धनगढीमाई १४ मा रहेको भूभागहरूमा भोगचलनमा रहेको जग्गाको नापी कार्य जारी राखिएको हो ।

विगतमा आफ्नो नम्बरी नभएको जग्गाहरुको नापि वाडा अध्यक्ष अमित ठकुरी ज्यूको अथक प्रयासबाट आधिकारिक नापी थालिएको हो ।

वडाको अमिल्टार बस्तीमा आम वाडाबासिको उपस्थितिमा आयोजित एक कार्यक्रममा नापीको उद्दघाटन गरी औपचारिकता प्रदान गरिए पछि नापीको लागि बिभिन्न पोइन्ट राखिएको थियो । पोइन्ट राखिए पछि यतिबेला जग्गा नापीको कार्यक्रम थालिएको छ ।

अमिलटार बस्तीबाट थालिएको नापी हेर्नका लागि स्थानिय बासीहरु आइरहेका छन भने नापी टोलीमा खटिएका कर्मचारी ज्यूहरुले समेत घाम पानी नभनी काम गरिरहेको अवस्था रहेको देखिन्छ ।

सहभागीहरुले गहना वाडा अध्यक्षको नमुना कामले शुख्खको सास फेर्न पाएको बताएका छन ।

जग्गा नापीमा स्थानियको सहभागिता रहेको देखिन्छ भने नापी अत्यन्त मनोरम वातावरणमा अगाडि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *