मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
वाडा अध्यक्ष अमित ठकुरी ज्यूको पहलमा जग्गा नापी जारी स्थानीय खुशी ।।।
वाडा अध्यक्ष अमित ठकुरी ज्यूको पहलमा जग्गा नापी जारी स्थानीय खुशी ।।।।
सम्बाददाता जेठ १० । सिरहाको धनगढीमाई १४ मा जग्गा नापीको कार्यक्रम थालिएको छ ।
भौगोलिक रूपमा विकट मानिएको सिराहा जिल्लाको उत्तरी भेकको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ अन्तर्गतका बस्तीहरूमा रहेको जग्गाको नापी शुरू गरीएको हो ।
हाल धनगढीमाई १४ मा रहेको भूभागहरूमा भोगचलनमा रहेको जग्गाको नापी कार्य जारी राखिएको हो ।
विगतमा आफ्नो नम्बरी नभएको जग्गाहरुको नापि वाडा अध्यक्ष अमित ठकुरी ज्यूको अथक प्रयासबाट आधिकारिक नापी थालिएको हो ।
वडाको अमिल्टार बस्तीमा आम वाडाबासिको उपस्थितिमा आयोजित एक कार्यक्रममा नापीको उद्दघाटन गरी औपचारिकता प्रदान गरिए पछि नापीको लागि बिभिन्न पोइन्ट राखिएको थियो । पोइन्ट राखिए पछि यतिबेला जग्गा नापीको कार्यक्रम थालिएको छ ।
अमिलटार बस्तीबाट थालिएको नापी हेर्नका लागि स्थानिय बासीहरु आइरहेका छन भने नापी टोलीमा खटिएका कर्मचारी ज्यूहरुले समेत घाम पानी नभनी काम गरिरहेको अवस्था रहेको देखिन्छ ।
सहभागीहरुले गहना वाडा अध्यक्षको नमुना कामले शुख्खको सास फेर्न पाएको बताएका छन ।
जग्गा नापीमा स्थानियको सहभागिता रहेको देखिन्छ भने नापी अत्यन्त मनोरम वातावरणमा अगाडि बढिरहेको छ ।





