उपनिर्वाचनमा खर्च सीमा : चितवन र बारामा २९ लाख, तनहुँमा ३१ लाख !!!

0Shares

उपनिर्वाचनमा खर्च सीमा : चितवन र बारामा २९ लाख, तनहुँमा ३१ लाख !!!

काठमाडौँ — निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवारको खर्च सीमा तोकेको छ । आयोगले वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ र बारा-२ मा उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च पाउने सीमा तोकेको छ भने तनहुँ-१ मा भने ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले २०७९ असोज ३१ मा राजपत्रमा प्रकाशित सूचनाबमोजिम नै उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको जानकारी दिए ।
‘आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने समेत आयोगले निणर्य गरेको छ,’ आयोगका प्रवक्ता पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *