नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
मृत फेला परे इन्द्रसरोवरमा हाम फालेका पुरूष

मकवानपुरको इन्द्रसरोवर तालमा बेपत्ता रहेका एक जना पुरूषको शव फेला परेको छ।
बुधबार दिउँसो इन्द्रसरोवर गाउँपालिका मार्खुस्थित तालमा पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।
मृत फेला पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमलेका ३३ वर्षीय राजकुमार सुवेदी छन्।
प्रहरी निरीक्षक घिमिरेका अनुसार उनी मंगलबार मार्खु पुगेका थिए। दिउँसो साढे १ बजेतिर उनी एक्लै डुंगा लिएर गएका थिए। बीचमा पुगेपछि उनले ‘लाइफ ज्याकेट’ फुकालेर हाम फालेको घिमिरेले बताए। उक्त ज्याकेटबाट प्रहरीले मृतकको नागरिकता पनि फेला पारेको छ।
उनी हाम फालेको खबर पाएपछि प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको थियो। खोजी गर्नेक्रममा बुधबार उनको शव फेला परेको हो।





