नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
१ नम्बर प्रदेश कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप ।
कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप
मोरङ — प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरिएको विरोधमा आदिवासी जनजाति समुदायको प्रदर्शनमा झडप भएको छ । विराटनगरमा मंगलबार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा झडप भएको हो ।

प्रदर्शनकारीले विराटनगरको रोडशेष चोकमा प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले बताए । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको उनले बताए ।
आन्दोलनलाई मत्थर पार्न अहिले व्यापक प्रहरी परिचालन गरेको छ । रोडशेष चोकमा रहेको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरु त्यहाँ पुगेका थिए ।
आन्दोलनका कारण उक्त कार्यक्रम आयोजकले स्थगित गरेको छ । प्रहरी र आन्दोलनकारीबीचको दोहोरो झडपका कारण विराटनगरको रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ । होटेल आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।






