शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न नौ दलको माग ।।।

0Shares

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न नौ दलको माग

काठमाडौँ — माओवादी धारका ९ राजनीतिक दलहरुले आवश्यक कानुन बनाई अविलम्ब शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसमक्ष माग गरेका छन् ।काठमाडौंमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत संयुक्त अपिल जारी गर्दै माओवादी धारका ९ राजनीतिक दलहरुले आवश्यक कानुनहरु बनाई अविलम्ब शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्न सरकारसँग माग गरेका हुन् ।

दलहरुले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरुको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने बताएका छन् ।
संयुक्तरुपमा अपिल गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी–माओवादी), नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र आम जनता पार्टी रहेका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) र माओवादी कम्युनिष्ट पार्टी, नेपाल रहेका छन् । उनीहरुले कानुन परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।

९ दलले विस्तृत शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरु, नागरिक समाज एवं आम समुदायलाई संक्रमणकालीन न्यायको पक्षमा ऐक्यबद्धताका लागि अपिलसमेत गरका छन् । त्यस्तै विगतमा राज्यले विभिन्न राजनीतिक दलहरुसँग गरेका सहमति कार्यान्वयनका लागि पनि ससरकारसँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *