थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
संन्साईन कम्प्युटर ईन्स्टिच्युटको उदघाटन कार्यक्रम सम्पन्न ।।।
संन्साईन कम्प्युटर ईन्स्टिच्युटको उदघाटन कार्यक्रम सम्पन्न ।।।
बिनोद मण्डल लहान ६ माघ । सिरहाको लहान नगरपालिका वडा ३ मा एउटा नयाँ क्षैशिक संस्थाको रूपमा कंप्यूटर इन्स्टिच्युटको उद्दघाटन गरिएको छ ।
सन्साईन नामको कम्प्युटर ईन्स्टिच्युटले नयाँ सेलेवस र एडभान्स कोर्स सहित विद्यार्थीहरुलाई अध्यापन गर्न सहज हुने उदेश्यका साथ यस क्षैक्षिक संस्थाको स्थापना गरिएको आयोजकले जनाएको छ ।
संस्थापक शिव नारायण महतोको अध्यक्षतामा आयोजीत
कार्यक्रममा प्रमुख अतिथि सिरहा उद्योगको बाणिज्य संघका कोषा अध्यक्ष राम उदगार महतो रहेका थिए भने बिशिस्ट अतिथिमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता रहनु भएको थियो ।
प्रमुख अतिथि महतोले ईन्स्टिच्युटकाे उद्दघाटन रिवन काटेर गरेका थिए भने कार्यक्रममा बोल्दै ईन्स्टिच्युटमा बृज कोर्स कक्षा,, कम्प्युटर कक्षा संचालनमा रहेको संचालक शिव नारायण महातोले जानकारी दिनु भयो ।
यस संस्थाले गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागी कम्प्युटर कोर्समा २५% छुटको ब्यबस्था गरिएको संस्थापक महतोले बताए ।
आयोजित कार्यक्रममा करिब तीन दर्जन बढीको उपस्थिति रहेको थियो ।





