प्रधानमन्त्रीको अशोभनिय ब्यबहारप्रति नेपाली कांग्रेस मधेश प्रदेशद्वारा दुःख ब्यक्त ।।।

0Shares

प्रधानमन्त्रीको अशोभनिय ब्यबहारप्रति नेपाली कांग्रेस मधेश प्रदेशद्वारा दुःख ब्यक्त ।।।

बिनोद मण्डल, सिरहा / ६ गते ।
प्रधानमंत्री प्रचण्डले सदनमा मधेस आन्दोलनमा सहिद भएका वीर सहिदको घोर अपमान गरेको प्रति नेपाली कांग्रेस मधेश प्रदेशद्वारा दुःख ब्यक्त गरिएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा सहादत प्राप्त शहीदहरुको सम्झनामा संसदमा मौनधारण गरिरहँदा प्रधानमंत्री प्रचण्डले सहिदको अपमान गर्दै सदनमा बसिरहेकाे दृश्यले आम मधेसी जनताको मन दुखेको छ ।

मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई राज्यले शहीद घोषणा गरिसकेको अवस्थामा सरकार र संसदले बलिदानी दिवसमा सहिदलाई नसम्झिएको भन्दै राउतले विरोध जनाउँदै सदनमा मौन धारण गरिरहँदा प्रधानमन्त्री बसिरहेका थिए । राष्ट्रीय रूपमा मनाउनुपर्ने दिवसलाई एकातिर अपमान गरिएको छ भने अर्कोतिर प्रचण्ड जस्ता व्यक्तिले सदनमा सहिदको अपमान गरेको भन्दै स्वतन्त्र मधेशीहरूले आन्दोलन थालेको देखिन्छ ।

मधेश बलिदानी दिवसको अवसरमा एक मिनेट मौन धारण गर्न चाहेको भन्दै उनले भने, ‘यसमा तपाईहरुले सम्मान दिन सक्नुहुन्छ कि सक्नु हुन्न ? उनले रोष्टममै उभिएर मौन धारण गर्दा केही उठे, केही उठेनन् । सुरुमा मधेश केन्द्रित दलका सांसदहरु मात्र उठेका थिए, त्यसपछि अरु सांसदहरु पनि उठे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मौन धारण अबधिमा बसिरहे भने राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने लगाएतका केही नेताहरु उठे ।

मधेश शहीदको अपमान गरेकोमा प्रचण्डको चौतर्फी आलो चना सँगै विरोध शुरु भएको छ । माओवादी आन्दोलनको क्रममा करिब १७ हजार शहीद बनाउने प्रचण्डले शहीद प्रती गरेको अपमान मधेशका जनतालाई असहय भएको जानकारहरु बताउँछन् ।

प्रचण्ड देशको प्रधानमन्त्री हुँदाको अवस्थामा कोसी बाँध फुट्नु अनि पोखरामा विमान दुर्घटना हुनुले देशको लागि प्रचण्ड अशोभनिय चरित्र भएको स्पष्ट बुझ्न सकिन्छ ।

थारुको मुद्दालाई ओझेलमा पारेर रेशम चौधरी जस्ता व्यक्तिलाई जेल जीवन जीउन विवस पार्ने नसलिय चिन्तनबाट देश गुज्रिरहेको अवस्थाको स्पस्ट उदाहरण आजको प्रचण्डको ब्यबहारले स्पस्ट पारेको अवस्था रहेको देखिन्छ ।

अाज मधेश प्रदेशको नेपाली कांग्रेस पार्टीका सभापति कृष्ण प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सहिदहरुप्रति गरेको अपमानको विरोध गर्दै गहिरो दुःख ब्यक्त गरेका छन ।

यतिबेला आफूलाई मधेशका अगुवा भनाउने ओपेन्द्र यादब कुन निन्द्रामा सुतिरहेका हाेलान् ? यी प्रस्न आम मधेसी जनताको कानमा गुन्जिरहेको शब्द रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *