नापजाँच सकिएको पाँच वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
2026-09-13बाढीले बगाएको सडकमा युद्धस्तरमा काम बेत्रावती स्कुलसम्म ट्रयाक खोलियो
2026-09-13
Sunday, September 13, 2026
चोभारमा कार दुर्घटना : बेपत्ता खत्रीको शव फेला

काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव फेला परेको छ । बिहीबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले शव फेला पारेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।
माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ नम्बरको सिलभर रङको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार दक्षिणकाली नगरपालिका १ वस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री बेपत्ता भएका थिए भने अन्दाजी ४० वर्षीया अम्बिका लामिछाने घाइते भएकी थिइन् ।
सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।





