थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
( स्व•निर्मला थामी ले लेख्नुभएको कविता)शिर्षक: “मूलबासीको पुकार”
( स्व•निर्मला थामी ले लेख्नुभएको कविता)
शिर्षक: “मूलबासीको पुकार”
पुस्तौं पुस्तादेखि नयाँ -नयाँ,
कला र सीपले- मातृभूमि आमालाई
खुसी पार्न सकौं भनेर…
भोको पेट लिएर पसिना बगाउने
हामी मुलबासीहरु षड्यन्त्र को जालोमा
पसिसकेका रहेछौं…
फलस्वरूप आज हामी
हरेक क्षेत्रमा अपहेलित भएकाछौं।
हामि पौरखी हरु
बन्न खोज्यौं देशको कर्णधार
फेरि पनि हामी मुलबासीहरुमाथि गरियो अत्याचार..
हामीले पनि संकल्प गरेका थियौं
आफ्नो जन्मथलो सजाउने
हामीले पनि अठोट गरेका थियौं
सुनौलो इतिहाँस निर्माण गर्ने।
तर हाम्रो प्रतिभाको कदर गरिनु पर्नेमा
उल्टै गलाघोटने काम गरियो..
जसले गर्दा हाम्रो संकल्प र अठोटहरु
बीचैमा रोकियो।
त्यसैले त अब
नबसौं साथी हो,
शिर झुकाएर…
अत्याचारको भारी बोकी
तालु सुकाएर…
लड्नुपर्छ अब हामी मुलबासीहरूले
देशको निम्ति पनि
षड्यन्त्रको जालो मास्न यही कर्तव्य ठानेर …।।।
(मोरङ जिल्ला बयरबन- गाविस-९ रमाईलो गाँउमा २०३२माघ १० गते जन्मनु भएको स्व. निर्मला थामीको -२०५० असोज २६गते “१९” वर्ष को अल्पायु मै निधन भएको थियो। “मदनभण्डारी” लाई ‘सागर काका’ भनी चिन्नु भएको उहाँ सानै देखि राजनीतिक वातावरणमा भिज्नु भएको थियो। समाज र राष्ट्रको लागि केही गर्ने दृढअठोट बोकेको उहाँ मा प्रगतिशील जनबादी गीत गाउने ठूलो रुचि थियो। उहाँको बुबा दलबहादुर थामी लाई तत्कालीन निरंकुश पञ्चायत शासक ले “मदन भण्डारी”लाई घरको कटेरोमा सुरुङ खनेर लुकाएको आरोपमा १८ महिना जेल मा कोचेको थियो। प्रगतिशील थामी समुहको केन्द्रीय सचिवमा समेत नियुक्त हुनुभएको उहाँले पासाङ ल्हामु शेर्पा को दुःखद निधन हुँदा भावपूर्ण श्रद्धान्जली स्वरूप शेर्पाको पार्थिव शरीरमाथि फूलमाला अर्पण गर्नुभएको थियो।सो लगत्तै दासढुंगा दुर्घटना मा निधन भएका स्व.मदन भण्डारी र स्व.जीवराज आश्रित प्रति’ श्रदान्जली दिँदै शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो। )……
…..निर्भिक/ राष्ट्रभक्ति प्रगतिशील नारी स्व. निर्मला थामी प्रति हार्दिक बधाई तथा न्यानो अभिवादन💞 सहित “भावपूर्ण श्रद्धाञ्जली”💐।





