थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Tuesday, June 16, 2026
पिस्कर को प्रतिशोध” (रोहित थाङ्मी)
“पिस्कर को प्रतिशोध”
हो सरासर थाह छ।
आजकै दिन पिस्कर को माटोमा
मेरो मान्छेले…
नाङ्गो छाति थापेर रगत बगाए,
म सम्झन्छु तिनका तिर्खालाई।
कती भोकै थिए या खाए
तर मेरो मान्छेले?
एक-कदम गोलि चपाएर अघाए…।
हो तिनै….
गद्दार झेली पंचेको पत्केरले
दबाउन खोजेको इली र बिरबादुर को
एउटा सन्तानले,
आज पुर्खाको गन्ध थाहा पाए
र पो अजम्बरी ईख साँचेर आए।
होला! त्योबेला तिमी दार्शनिक थियौ
मेरा मान्छे जान्दैनन् थ्ये
तर हेक्का होस्
पक्का मुक्ति र आन्यायको बिरुद्दमा लडे
र त छेक्कार हानेर ढाले।
त्यति खेर सेखि झार्न
सैंदुवाहरुले अलकत्रै खाए
निरङ्कुश शासकले निर्धो जत्तिको
खनिखोर्सि रित्याएर।
हो पक्का त्यसैले हो..
अब जुटेर जित्ने सङ्कल्प छ।
ति बारुद भर्ने शाषकको हातले
प्यारा देशभक्ति शहिद को सालिकमा
जबर्जस्त न्याय को खादा, ओढाउन लगाउने।
🤜🔥🤛।रोहित थामी_दोलखा ।।





