बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
रमझममा झुल्नेकाे यस्ताे हालत: (बलदिप राई )
रमझममा झुल्नेकाे यस्ताे हालत:
वि. सं. १८२५ असाेज १४ मा गाेरखाका बैरी पृथ्वीनारायण शाहले कुलानन्द ढकालकाे सल्लाहमा कान्तिपुर हान्न तयारी गर्दैथिए ।
त्यत्राे बैरीकाे षडयन्त्र थाहाहुँदाहुँदै पनि यता जयप्रकाश मल्लचाहिँ बेफिक्रि ईन्द्रजात्रा (येँया पुन्हि) काे रमझमसंगै साँझकाे खानपिनमा मस्त थिए । जात्राकाे अवसरमा खानपिन, नाचगान, सुरासुन्दरी राजालाई हुने नै भयाे । यही माैकामा पृथ्वीनारायण शाहले जयप्रकाश मल्ललाई लखेटी कन्तिपुर कब्जा गरे ।
साँस्कृतिक पर्वमा मात्र रम्ने जातिले कसरी अाफ्नाे अधिकार, पहिचान र राज्य गुमाउनुपर्छ भन्ने कुराकाे ठाेस उदाहरण हाे, याे । राजनीतिक चलाकीपनमा नभइ साँस्कृतिक रमझममा अल्मलिँदा सभ्य र वैभवशमली राज्यलाई जयप्रकाशले गुमाउनुपर्याे ।
याे देशका दलित जनजातिहरू खानेलेबलभन्दा माथि उठेका छैनन् । दाहाल, अाेली र देउवाहरूले रातारात षडयन्त्र गरी यिनीहरूलाई सयाैंवर्ष उठ्न नसक्ने गरी अधिकार र पहिचान विहिन बनाइरहदाँ यिनीहरूचाँहि ढाेल, झ्याम्टा, डम्फु बाेकेर नाँचिरहन्छन्; पर्वकाे नाममा जाँडरक्सी र मासुमा झुम्मिरहन्छन् र अाफूजस्तै अभागी सन्तान जन्माउँदै अपराध गरिरहन्छन् ।






