थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
जाडो छल्न दाउरा वितरण गर्दै धनगढीमाई ।।
जाडो छल्न दाउरा वितरण गर्दै धनगढीमाई ।।
बिनोद मण्डल पुस २६ । मौसमी प्रभावका कारण बढिरहेको चिसोले आम जनजीवन कष्टकर भएपछि धनगढीमाई नगरपालिकाले आफ्ना पालिकाका सबै वडाहरूमा दाउरा वितरण अभियान आगाडी बढाएको छ ।
पूर्व पश्चिम राजमार्ग विस्तारको क्रममा सडकको दायाँ बायाँ रहेको रुखहरुलाई कटान गरी जिल्ला वन कार्यालय सिरहाको मातहतमा राखिएको दाउरा योग्य काठ यतिबेला नगरले दाउराको रूपमा सदुपयोग गरेको छ ।
चिसो बढेपछि आवस्यक कानुनी प्रक्रिया पुगाई ईलाका वन कार्यालय धनगढीको परिसरमा रहेको दाउरालाई नगरका सबै वडाहरूमा वितरण गरिएको वडा अध्यक्ष सरोज महतोले बताउनु भएको छ ।
चिसोले जनजिवन प्रभावित भएपछि लगातारको पहलबाट करिब ७ चटान दाउरा आफूहरुले वितरण गर्न सकेको अर्का वडा अध्यक्ष सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
जनतालाई चिसोबाट बचाउनका लागि दाउरा वितरण गरेर नगरले अशल काम गरेको वडा अध्यक्ष ओम यादब बताउनुहुन्छ ।
दाउरा वितरणले धनगढीमाईको विभिन्न टोल बस्तीमा सामूहिक जंमघट हुने स्थलहरूमा दाउरा वितरण गरिएको हो ।





