मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
खातुनको खोजीमा सहयोगको अपिल ।।।
खातुनको खोजीमा सहयोगको अपिल ।।।
बिनोद मण्डल १ पुष । सप्तरी बोदेबर्साइन न पा २ गौरा बस्ने मो० उसमानको पत्नी अमिला खातुन हिजो बिहिबार स्थानिय बर्साइन बजारमा सर सामान किन्न गएकी थिइन तर यो समाचार तैयार पारुन्जेल आफ्नो परीवारको सम्पर्कमा नआएको बुझिएको छ ।
खातुनको पारिवारिक स्रोतका अनुसार खातुन हटीया बजार सकेर घर आउने क्रममा बजार देखि उतर २ कि मी गौरा जानू पर्नेमा भुलबस पश्चिम तिर हुलाकी सडक हुँदै भगवानपुर र त्यहाँ देखि उत्तर लहान जाने सडकको महेशबारी थाना अगाडी आज बिहान ९:० बजे देखिएको जानकारी निज खातुनकी देवरानी छोरा मो० मुस्तुफले दिएका हुन ।
स्मरण शक्ति कमजोर रहेको र आफ्ना परीवारसंग मात्र कुराकानी गर्ने बानी रहेको खातुनको खोजतलासका लागि परीवार जनले आम सबैलाई आग्रह गरेका छन ।
खातुनको खोजतलासमा आवस्यक सहयोगको लागि नागरिक समाज , संचारकर्मी , सुरक्षा निकाय लगायत सम्पुर्णमा परीवार जनले अनुरोध गरेका छन ।
खातुनको घरको सम्पर्क नम्बर ९८१४५२९१९६ र ९८१९९१११५९ रहेको छ । यसका साथै नजिकको प्रहरी चौकीमा खवर गरिदिनका लागि समेत अनुरोध गरिएको छ ।





