पश्चिम नवलपरासीमा व्यापक रुपमा नदि जन्य उत्खनन : प्रहरी प्रशासन माैन

0Shares

पश्चिम नवलपरासीमा व्यापक रुपमा नदि जन्य उत्खनन : प्रहरी प्रशासन माैन

सुरेश यादव, नवलपरासी / मंसिर २७

पश्चिम नवलपरासीको विभिन्न खाेलाहरु बाट नदि जन्य पदार्थ व्यापक रुपमा भईरहेकाे पाईन्छ । यस जिल्लाका प्रहरी प्रशासन र सराेकारवालाहरु माैन देखिन्छन् । जिल्लाकाे सुनवल नगरपालिका ,रामग्राम नगरपालिका,बर्दघाट नगरपालिका,सुस्ता गाउँपालिका,प्रतापपुर गाउँपालिका लगाएतका खाेलाबाट नदि जन्य पदार्थ वर्षाै देखि उत्खनन हुदै आईरहेकाे छ ।

सुस्ताकाे नारायणी ( गण्डक ) नदि,खजुरा खाेला,तुरिया खाेला,झरही खाेला,भलुही लगाएतका खाेलाबाट गिट्टी,बालुवा,ढुंगा,माटाे,मिसकट,भस्कट लगाएतका नदि जन्य पदार्थहरु निकाली स्थानीय खाेला तस्करहरुले बिक्रीवितरण गर्दै आईरहेकाे स्थानीयले आराेप लगाएका छन् ।

जिल्लामा हालसम्म कुनै सराेकारवालाहरुले ठेक्का सम्झौता नगरेता पनि खाेला तस्करहरुले दिन रात खाेलाहरु बाट विगतका दिनमा उत्खनन गर्दै आएका छन् । भने यस प्रति नत प्रहरी नत प्रशासन नत स्थानीय पालिकाहरुले ध्यान दिन छाडेका छन् । साथै सम्पूर्ण सराेकारवालाहरुकाे मिलाेमतमा नै खाेलाहरुबाट नदि जन्य पदार्थहरु निस्कासन हुदै आईरहेकाे स्थानीयहरुकाे भनाई रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *