रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21बालबिवाह मुक्त एतिहासिक घोषणा कार्यक्रम सम्पन्न ।
.बालबिवाह मुक्त एतिहासिक घोषणा कार्यक्रम सम्पन्न ।।
विनोद मण्डल मंसिर १४, । सप्तरी जिल्लाको सुरुङ्गामा बाल विवाह मुक्त घोषणा कार्यक्रम सम्पन्न गरिएको छ ।
सुरुङ्गा नगरपालिकाको कदमाहा कभर्ड हलमा आयोजित कार्यक्रममा ” हामीहरू बाल विवाह गर्दैनौ र गराउँदा बाल विवाहमा हुने भोजमा सामेल हुँदैनौ” भन्ने मुख्य उक्तिका साथ थालिएको कार्यक्रममा सहभागी वक्ताहरुले सामाजमा बालविवाह नगराउने तथा बालविवाहको भोजभतेरमा समेत सामेल नहुने प्रतिबद्धतासहित भव्यताका साथ कार्यक्रमको समापन गरिएको थियो ।
सबाल नेपाल , सेभ दि चिल्ड्रेन र सुरुङ्गा नपाको आयोजनामा प्रदेशमै पहिलो एतिहासिक बालबिवाह मुक्त नगरपालिकाकाे रूपमा घोषणा गर्न सफल भएकाे छ सुरुङ्गा नगरपालिका ।
समाजमा व्याप्त कुरीति कुसंस्कारका कारणले गर्दा बालबालिकाको कलिलो उमेरमा हुने बिबाहले पर्ने सारिरीक असरप्रती समाज बेलामा सचेत नभएको खण्डमा समाजमा पर्न जाने नकारात्मक असरप्रति सबैले खुलेर बिरोध गर्नुपर्ने धारणा राख्दै कार्यक्रमको उद्देश्यमाथि वक्ताहरुले प्रकाश पार्नु भएको हाम्रा सहकर्मी वीरेन्द्र नेपालले जनाएका छन्