यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
दोल्खामा बुथहरु कब्जा गर्न आफै मैदानमा उत्रिएका थिए कांग्रेस उम्मेदवार काफ्ले ।।।
बुथ कब्जा गर्न आफै मैदानमा उत्रिएका थिए कांग्रेस उम्मेदवार काफ्ले
दोलखा, ८ मंसिर । मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दोलखाका विभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरिएको भिडियोसहितका तथ्यहरू सामाजिक सञ्जालमा आइरहेका छन् ।
जसमध्ये जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर–३, जफेस्थित कालापानी मतदान केन्द्रमा भएको बुथ कब्जाको भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार कुन्दनराज काफ्ले आफै बुथ कब्जाको नेतृत्व गरिरहेको दृश्य देख्न सकिन्छ । कालापानी मतदान केन्द्र उम्मेदवार काफ्लेको आफ्नै वडामा पर्दछ ।
दृश्य अनुसार शान्तिपूर्ण रूपमा मतदान हुँदै गर्दा गठबन्धनका कार्यकर्ताले एमाले कार्यकर्तामाथि एक्कासी ढुंगामुढासहित आक्रमण सुरु गर्दै बुथमा फर्जी मत खसाल्न सुरु गर्छन् । ढुंगा प्रहारबाट एक सुरक्षाकर्मी घाईते हुन्छन् । बुथ कब्जा हुनबाट जोगाउन सुरक्षाकर्मी मतदान केन्द्रभित्र प्रवेश गर्छन् । ढुंगामुढा जारी रहेपछि सुरक्षाकर्मीले हवाई फायर गर्छन् ।
त्यही बेला उम्मेदवार काफ्ले मतदान केन्द्रभित्रबाट आफ्ना कार्यकर्तालाई ढुंगामुढा बन्द गर्न आग्रह गरेको सुनिन्छ । सुरक्षाकर्मीले ढुंगामुढा नरोकिए थप बल प्रयोग गर्ने चेतावनी दिन्छन् । अब त्यस्तो नहुने भन्दै काफ्लेले सुरक्षाकर्मीलाई आस्वत पार्न खोजेको देखिन्छ ।
यो पनि पढ्नुहोस्
दोलखामा पुन: मतदानको सम्भावना बढ्यो, बुथ कब्जाबारे अध्ययन गर्दै निर्वाचन आयोग
‘गठबन्धनमा आस्था राख्ने एक सच्चा राष्ट्रसेवक जसले निर्वाचनको जिम्मेवारी बिर्सिएनन्’






