यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
लोप हुदैछ प्राचीन ठान्टी ~ गोडाइचाको पाङ्कु दारे ढुंगेधारा ।
लोप हुदैछ प्राचीन गोडाइचाको पाङ्कु दारे ढुंगेधारा ।

दोल्खा बिगु गाउँपलिका ८ थाङ्मीचागुको प्राचीन बस्तीमा रहेका ढुङ्गेधारा यहाँका विशिष्ट पहिचान भए पनि अधिकांश बेवारिसे र लोप भइसकेको अवस्था हो ।

प्राचीन खोपाचागु थाङ्मीचागुलाई पहिचान गराउने विभिन्न आयाममध्ये यहाँका ढुङ्गेधारा र पोखरीलाई पनि महत्वका साथ हेर्ने गरिएको थाङ्मीचागुको ठान्टी गोडाइचा टोलका ६९ वर्षीय भाजु गोडाइचा ठान्टी थाङ्मीले बताए ।

विसं १९७६ आसपासमा थाङ्मीचागु खोपाचागुको विभिन्न ९ स्थानमा राणाकालीन समयमा ढुङ्गेधारा निर्माण गरिएको उनले जानकारी दिए ।
थाङ्मीचागुको इतिहाससँग यहाँका पाङ्गकु दारे अर्थात ढङ्गेधारा पनि प्रत्यक्ष जोडिने ठान्टी गोडाइचा टोलका ६९ वर्षीय भाजु थाङ्मीले बताए । “२०४० सालपछि भने यहाँका धेरै ढङ्गे धारा लोप भइसकेका छन्,” उनले भने, “आधुनिकता र विकासका नाममा प्राचीनतासँग जोडिएका वस्तुको पहिचान नै मेटिनु राम्रो होइन ।”

तत्कालीन समयमा समाजसेवाका साथै विभिन्न सन्दर्भ एवं व्यक्तिको स्मृतिमा ढुङ्गेधारा, कुवा चौतारा तथा पोखरी बनाइदिने प्रचलन रहेको बुढापाका बताउँछन् र अझै छ पनि ।

ढुङ्गेधारा साथै थाङ्मीचागु खोपाचागुका धेरै पोखरी ऐतिहासिक ठाउँहरु पूर्णरुपमा नै लोप भइसकेको अर्का स्थानीयवासी भिम बहादुर ठान्टी थाङ्मी बताउँछन् ।
प्राचीन इतिहाससँग जोडिएका धारा, पोखरी, चौताराजस्ता कुरालाई राज्यस्तरबाटै संरक्षणको पहल गर्नुपर्ने स्थानीयले बताए ।






