मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
एमाले महासचिव पोखरेलले बिजौरीबाट गरे मतदान ।।।
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
एमाले महासचिव पोखरेलले बिजौरीबाट गरे मतदान ।।।
दाङ — एमाले महासचिव शंकर पोखरेलले आइतबार तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।मतदानपछि पोखरेलले संक्षिप्त धारणा राख्दै देशमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।
देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता परेको र यो निर्वाचनले त्यो शक्ति निर्माण गर्ने विश्वास उनले व्यक्त गरे । पोखरेल दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनले आफू उम्मेदवार रहेकै क्षेत्रबाट मतदान गर्न पाएका छन् ।
क्षेत्र नं. २ मा ४८ मतदानस्थल र १ सय ४६ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ । यस क्षेत्रमा १ लाख ३३ हजार ७ सय ४८ मतदाता छन् ।





