मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
राष्ट्रिय सभा अध्यक्षद्वारा मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान ।।।
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
राष्ट्रिय सभा अध्यक्षद्वारा मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान ।।।
काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि मतदान गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिको पशुपति मावि ‘ क’ केन्द्रबाट आइतबार बिहान मतदान गरेका हुन् ।
मतदान गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना शनिबार पर्वत पुगेका थिए । मतदानपछि अध्यक्ष तिमिल्सिनाले निर्धक्क र भयरहित वातावरणमा मतदान गर्न सबै मतदातालाई अनुरोध गरेका थिए ।
पर्वतमा प्रतिनिधिसभाको १ निर्वाचन क्षेत्र रहेको छ भने प्रदेशसभाका दुई निर्वाचन क्षेत्र छन् । पर्वतका सबै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।





