रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
राष्ट्रिय सभा अध्यक्षद्वारा मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान ।।।
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
राष्ट्रिय सभा अध्यक्षद्वारा मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान ।।।
काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि मतदान गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिको पशुपति मावि ‘ क’ केन्द्रबाट आइतबार बिहान मतदान गरेका हुन् ।
मतदान गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना शनिबार पर्वत पुगेका थिए । मतदानपछि अध्यक्ष तिमिल्सिनाले निर्धक्क र भयरहित वातावरणमा मतदान गर्न सबै मतदातालाई अनुरोध गरेका थिए ।
पर्वतमा प्रतिनिधिसभाको १ निर्वाचन क्षेत्र रहेको छ भने प्रदेशसभाका दुई निर्वाचन क्षेत्र छन् । पर्वतका सबै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।