मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
जनचेतनामूलक कार्यक्रम सम्पन्न ।।।
जनचेतनामूलक कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल कार्तिक ११ सिराहा । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बरियारपट्टी गाँउपालिका वडा नं.०२ स्थित प्रहरी चौकी जानकीनगर सिरहाको आयोजनामा उक्त वडाको वडा अध्यक्ष राम खेलावन दासको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, स्थानिय समुदायहरु, भद्रभलादमी तथा महिला/पुरुषहरु समेतको उपस्थितिमा “लैंगिक हिंसा बिरुद्धको जनचेतनामूलक कार्यक्रम” समपन्न गरिएको छ ।
कार्यक्रममा प्रहरी सहायक निरिक्षक सन्तोष कुमार झाले समुदायमा रहेको लैंगिक हिंसा, घरेलु हिंसा, वालविवाह गर्नु गराउनु हुँदैन भन्ने विषय वस्तुहरु कानुन बिपरित काम रहेको बताउनु भएको छ ।
कार्यक्रममा सामाजिक मुल्य-मान्यता तथा समुदायमा व्याप्त रहेको कु-प्रथा बिरुद्धको सचेतनामुलक जानकारी तथा कानूनी प्रावधानको बारेमा समेत कार्यक्रममा क्रममा जानकारी स्थानियहरुलाई गराउँदै कार्यक्रम समाप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।।






