थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Tuesday, June 16, 2026
शुभकामना आदानप्रदान कार्यक्रममा राजकिशोर यादव ।।।
शुभकामना आदानप्रदान कार्यक्रममा राजकिशोर यादव ।।।
बिनोद मण्डल कार्तिक १० । सिराहाको सुखीपुर नगरपालिकाको वडा नं १ मोहनपुर कमलपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राजकिशोर यादव सहभागी भएका हुन ।
स्थानिय जनता माध्यामिक विद्यालय (मोहनपुर कमलपुर) को परिसरमा सामुदायिक विकास संस्थाद्वारा आयोजीत कार्यक्रममा निर्वाचन क्षेत्र नं 2 प्रतिनिधी सभा सदस्य निर्वाचनका चुनावी मैदानमा उत्रिएका राजकिशोर यादव र सत्रुघन महतो सहभागी भएका थिए ।
नेता राम औतार यादव , शिवशंकर महतो लगायतको सहभागितामा आयोजित कार्यक्रममा बोल्दै राजकिशोर यादवले आम जनताको भावना नजिकबाट बुझेर चुनाबी मैदानमा उत्रिएको बताउनु भयो ।
स्थानिय नेता कार्यकर्ताहरुको उपस्थितिमा भएको कार्यक्रम करिब बिहान ७ बजेदेखि शुरु भएर करिव ११ बजेको समयमा समापन गरिएको थियो ।





