थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
पटका जन्य पदार्थहरुको बरामद गरी प्रहरीद्धारा नष्ट ।
पटका जन्य पदार्थहरुको बरामद गरी प्रहरीद्धारा नष्ट ।।
विनोद मण्डल कार्तिक ८ । खासगरी हिन्दूहरूको महान चाड बडा दसैं , तिहार र छठको अवसरमा खुशीयाली मनाउनका लागी तराई मधेशका जिल्लाहरूमा दक्षिणी सीमावर्ती क्षेत्रवाट विस्पोट पदार्थहरू पटाका , फुल्झारी , आलु बम , चिर्चिरी लगायतको पदार्थहरू प्रत्येक वर्ष रमाइलो गर्ने क्रममा नेपाल भित्रिने गरेको अवस्थामा सिराहा प्रहरीले ठूलो निगरानी गर्दै आएको अवस्थामा लाखौं मुल्य बराबरको विस्पोटक पदार्थ बरामद गरी नष्ट गरेको छ ।
प्रहरीले विभिन्न मिति, समय र स्थानमा जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल भित्राएको अं. मूल्य रु. १५,००,०००/- (पन्ध्र लाख) बराबरको पटका जन्य पर्दाथहरु बरामद गरि २०७९।०७।०८ गते स्थानिय जन प्रतिनिधीहरु, संचारकर्मीहरुको रोहवरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





