थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
दोधारमा सास्ती भोग्दै ठाडी भन्सार कार्यालय निकाय दर्शक बन्दै ।।।
दोधारमा सास्ती भोग्दै ठाडी भन्सार कार्यालय निकाय दर्शक बन्दै ।।।
बिनोद मण्डल लहान ६ कार्तिक । सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेको ठाडी भन्सार कार्यालय राजनैतिक खिचातानी र कर्मचारीको अभावमा सास्ती भोग्दै अल्पत्र अबस्थामा पुगेको अवस्था रहेकाे देखिन्छ ।
दस गज्जा क्षेत्र अस्तब्यस्त रहेको र भन्सार कर्यालयको स्तरउन्नती नभएको कारण लक्ष्यभन्दा एक चौथाई पनि राजस्व उठन नसकेको अवस्था एकातिर रहेकाे छ भने अर्कोतिर करोडौं मुल्य बराबरको दुई पाँग्रे र चार पाँग्रे गाडीहरू कार्यालय परिसरमा थन्किएका छन् ।
भन्सार प्रसाशनसंग यस सम्बन्धमा कुरा बुझ्दा ” गाडी लिलामको लागी धेरै प्रयासहरु भएतापनि कानुनी अड्चनको कारण समस्या भैरहेको ” भन्सार कर्यलयले जनाएका छन ।
भन्सारको स्तरउन्नतिको लागी धेरै दिन अगाडी जग्गा समेत खरिद भैसकेको भए पनि हाल सम्म यसप्रती कसैको ध्यान गएको देखिँदैन । आखिर किन यस्तो भैरहेको हो ? यो एकदमै गम्भीर बिषय हो र यस तर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।
ठाडी भन्सार सम्बन्धी थप बुझ्दै जांदा न त यहाँ बजार व्यवस्थित रहेको देखिन्छ न त गाडी स्टेशनको ब्यबस्थापन भएको छ । धेरै पहिले देखि धेरै पार्टी नेताहरुको घोषणा पत्रमा लेखिएको थियो कि ” सुखा बन्दरगाह चार लाइनको पिच ब्यबस्थित सडक बनाई यस क्षेत्रको बिकास हुन्छ ” भनिएको थियो ती सबै कहाँ हराए यो सब खोजिनितिको बिषय बन्न आब्श्यक देखिएको छ ।
भन्सारमा थन्किएका गाडीहरुको उचित कानूनी प्रक्रिया पुगाई लिलामी बोलपत्रको आह्वान गरेको खण्डमा परिसरमा वर्षौंदेखि थन्किएका गाडीहरुको एकातिर ब्यबस्थापन हुन जान्छ भने अर्कोतिर राजस्वमा वृद्धि हुने अवस्थामा निकाय मौन दर्शक बन्नु चिन्ताको विषय बनेको छ ।





